साउन महिनाभर पशुपतिमा लगाइएको कोटिहोममा ७२ लाख घाटा? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

साउन महिनाभर पशुपतिमा लगाइएको कोटिहोममा ७२ लाख घाटा?

काठमाडौं। गत साउनमा एक महिनासम्म पशुपति क्षेत्रमा लगाइएको कोटीहोममा आयोजक मानव सेवा फाउन्डेशन नेपालले घाटा लागेको दाबी गरेको छ।

फाउन्डेशनले बिहीबार पत्रकार सम्मेलन गरी संस्थालाई ७२ लाख ५० हजार रुपैयाँ घाटा लागेको जानकारी गराएको हो।

फाउन्डेशनका विजय भण्डारीले कोटीहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद द्रव्य दान संकलन भएको तर कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिए।

उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको छ। महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको उनले बताएका छन्।

आपराधिक पृष्ठभूमिका कृष्ण्मूर्ति विभिन्न आरोपमा पटक पटक जेल बसेका व्यक्ति हुन्। छानबिनकै लागि साउनको समापनको राति प्रहरी टोली गएको कोटीहोम क्षेत्र गए पनि आयोजकले प्रहरीमाथि नै आक्रमण गरेका थिए।

समाचार संकलनका लागि गएका संचारकर्मीलाई समेत दुर्व्यवहार र कुटपिट समेत गर्ने गरिएको थियो। पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको थियो।

कोटीहोम महायज्ञमा भारत तथा नेपालका प्रसिद्ध तथा चर्चित पुराणवाचकहरु राधिका दासी, देवी प्रतिभा तथा नेपालकै प्रसिद्ध कथावाचकहरु दीनवन्धु पोखरेल, डा.कान्ता भट्टराई, देवी चन्द्रकला सखी लगायतबाट कथा वाचन भएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र २७, १८: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ भाद्र २७, १८: २५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र २७, १८: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...