
काठमाडौं। नेपाली भूमि ‘कालापानी र लिपेलेक भारतको हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिने नेकपा एकीकृत समाजबादीका उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ।
चौधरीले भदौ २५ गते साँझ एक टेलिभिजन ‘टक सो’मा ‘लिपुलेक र कालापानी भारतको भएको’ विवादास्पद अभिव्यक्ति दिएका थिए।
उनले भनेका थिए, ‘लिपुलेक र कालापानीमा इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ, दाबी पुग्छ उसको। भारतले लिन पाउँछ । कालापानी लिपुलेक भारतको हो नि।’
चौधरीको यस्तो अभिव्यक्ति सार्वजनिक लगत्तै पार्टी महासचिव घनश्याम भुसालले एक पत्र लेखेर स्पष्टीकरण सोधेका हुन्।
भुसालले मुलुकको अखडता र सार्वभौमसत्ताविरुद्ध अभिव्यक्ति दिएको ठहर गर्दै यसबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न चौधरीलाई निर्देशन दिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...