
धनगढी। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा भारी वर्षा भएपछि पहाडी ७ जिल्लाको सवारी आवागमन प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा एक सय ६७, धनगढीमा एक सय ५७ र दीपायलमा एक सय १२ मिलिमिटर वर्षा भएको छ।
अविरल भारी वर्षाका कारण पहिरो जाँदा प्रदेशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन्। तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आधा दर्जन स्थानमा पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार राजमार्गको खानीडाँडा, फल्टुडे, भासु भीर, मेलखर्क, साखुखर्क लगायतका स्थानमा पहिरो गएको छ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा सबैभन्दा ठुलो पहिरो खसेपछि राजमार्ग विहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो।
डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको जल्ला प्रहरी कार्यालय डडेल्धुराले सूचना जारी गर्दै उल्लेख गरेको छ। राजमार्गको रडुवा र सकायल क्षेत्रमा पहिरो गएको छ।
डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्द भएको हो। बैतडीको केदारस्यू गाउँपालिका क्षेत्रमा पनि पहिरो गएपछि आवातजावत ठप्प छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...