
काठमाडौं। जापानिज इन्सेफलाइटिस(जेई) बाट नेपालमा यो वर्ष १४ जनाको मृत्यु भएको छ।
जेईबाट कैलालीमा ३, कपिलवस्तुमा १, पाल्पामा १, चितवनमा १, सिन्धुलीमा १ रौतहटमा १, सर्लाहीमा १, सिरहामा २, सुनसरीमा २ र झापामा १ जना गरी १४ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।
नेपालमा यो वर्ष हालसम्म ६१ जनामा यो रोगको संक्रमण देखिएको पुष्टि भएको थियो।
गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुसार जापानिज इन्सेफलाइटिसका धेरैजसो विरामी १५ वर्ष मुनीका छन्। प्रयोगशालाको अनुसार मुलुकमा जेईको बिरामी हरेक वर्ष अगस्टदेखि सेप्टेम्बर महिनामा उच्च देखिने गरेको छ।
प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ।
जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोके मानिसमा यो रोगको संक्रमण हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ। यो भाइरस सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ ।
यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सर्दैन।
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...
काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...