
धनगढी। लगातारको वर्षाले बाढीसँगै कर्णाली नदीको जोखिममा परेका कैलाली जिल्लाका १३९ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीअनुसार जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका गरी एक सय ३९ जनालाई सुरक्षित ठाउँमा सारिएको हो।
जानकी गाउँपालिका–४ का १५ परिवारका ३४ जना, जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका दुई परिवारको ११ जनालाई सुरक्षित ठाउँमा सारेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनाए।
कर्णाली नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १० दशमलव ९० मिटर पुगेको छ।
कर्णाली नदीमा पानीको बहाव १० दशमलव ८० मिटर खतराको तह मानिन्छ। कर्णालीले खतराको तह पार गरेपछि बर्दिया र कैलालीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...