वीर अस्पतालमा जलनको उपचार शुक्रबारबाट सुरू – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

वीर अस्पतालमा जलनको उपचार शुक्रबारबाट सुरू

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आज शुक्रबारबाट जलनको उपचार सेवा सुरू भएको छ।

अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलअनुसार आजबाट ‘जलन उपचार केन्द्र’बाट जलनका विरामीको उपचार सेवा सुरू गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनसम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन्।

उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका विरामीलाई एक लाख रुपैयाँ सरकारी सहुलियत दिने तयारी भएको समेत बताएका छन्।

‘अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए जस्तै जलनका विरामीलाई पनि एक लाख रुपैयाँ उपचार रकम सहयोग दिने तयारी गरिरहेका छौँ’‚ स्वास्थ्यमन्त्री पौडेलले भने ।

अस्पतालमा जलनका विरामीलाई मात्रै उपचार गर्न भनेर १० जनरल बेड, ५ आइसियू र तीनवटा अप्रेशन थिएटर रहेका छन् ।

हाल नेपालमा त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर अस्पतालका साथै अन्य केही अस्पतालमा मात्रै जलनका विरामीको प्रभावकारी उपचार सेवा हुँदै आएको छ । अहिले सबैभन्दा धेरै जलनको उपचार सेवा कीर्तिपुर अस्पतालमा हुने गरेको छ ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८१ भाद्र २८, १७: ०८

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८१ भाद्र २८, १७: ०८

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८१ भाद्र २८, १७: ०८

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...