वीर अस्पतालमा जलनको उपचार शुक्रबारबाट सुरू – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

वीर अस्पतालमा जलनको उपचार शुक्रबारबाट सुरू

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आज शुक्रबारबाट जलनको उपचार सेवा सुरू भएको छ।

अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो।

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलअनुसार आजबाट ‘जलन उपचार केन्द्र’बाट जलनका विरामीको उपचार सेवा सुरू गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनसम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन्।

उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका विरामीलाई एक लाख रुपैयाँ सरकारी सहुलियत दिने तयारी भएको समेत बताएका छन्।

‘अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए जस्तै जलनका विरामीलाई पनि एक लाख रुपैयाँ उपचार रकम सहयोग दिने तयारी गरिरहेका छौँ’‚ स्वास्थ्यमन्त्री पौडेलले भने ।

अस्पतालमा जलनका विरामीलाई मात्रै उपचार गर्न भनेर १० जनरल बेड, ५ आइसियू र तीनवटा अप्रेशन थिएटर रहेका छन् ।

हाल नेपालमा त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर अस्पतालका साथै अन्य केही अस्पतालमा मात्रै जलनका विरामीको प्रभावकारी उपचार सेवा हुँदै आएको छ । अहिले सबैभन्दा धेरै जलनको उपचार सेवा कीर्तिपुर अस्पतालमा हुने गरेको छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८१ भाद्र २८, १७: ०८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८१ भाद्र २८, १७: ०८

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८१ भाद्र २८, १७: ०८

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...