भोटेकोशीमा बेपत्ता बोलेरो जीपका चालकको शव सुनकोशीमा भेटियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भोटेकोशीमा बेपत्ता बोलेरो जीपका चालकको शव सुनकोशीमा भेटियो

काठमाडौं। भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव सुनकोशी नदी किनारमा फेला परेको छ।

शसस्त्र प्रहरीका अनुसार गत भदौ २८ गते बोलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव सोमवार भेटिएसँगै पहिचान पनि खुलेको हो।

शव भेटिएका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का ३५ वर्षीय सानु तामाङ रहेको उनका छोराले पुष्टि गरेको शसस्त्र प्रहरीले जनाएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोशी नदिबाट सशस्त्रको विपद् व्यवस्थापन बेश खुर्कोटका सशस्त्र प्रहरी निरिक्षकसहित ४ जना गोताखोरसहित ९ जनाको टोलीले बेपत्ता तामाङको खोजी गरेको थियो।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ आश्विन १, १३: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन १, १३: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ आश्विन १, १३: ३९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...