
नयाँ दिल्ली। भारतको राजधानीसमेत रहेको दिल्ली राज्यको मुख्यमन्त्री आम आद्मी पार्टीकी ४३ नेतृ आतिशी मर्लेना हुने भएकी छन्।
पूर्वघोषित कार्यक्रमअनुसार आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशी मर्लेनालाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो।
आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका अरविन्द केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।
मार्लेना हालको दिल्ली सरकारमा शिक्षा मन्त्री छन्। उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ। केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस दिने गरिन्छ।
कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए।
उनले आजै अपराह्न राजीनामा दिने बताइएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...