नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयारः सरकार प्रमुख प्रा.डा. युनुस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयारः सरकार प्रमुख प्रा.डा. युनुस

काठमाडौं। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा.डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन्।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन्।

भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए।

राजदूत भण्डारीले ७ अगस्टमा नयाँ सरकारका विषयमा जारी गरेको विज्ञप्ति स्मरण गराउँदै बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता रहेको दोहो¥याएका थिए।

प्राध्यापक युनुसले नेपालबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार जनाउँदै दुई देशबीच राजनीतिक र जनताको स्तरमा सौहार्द्धपूर्ण सम्बन्ध अघि बढ्ने बताएका थिए।

भेटमा राजदूत भण्डारीले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात तयारी भइरहेको र यो काम चाँडो हुँदा यस उपक्षेत्रको ऊर्जा सहकार्यमा रूपान्तरणकारी कदम हुने बताए।

दुवै देशलाई लाभ हुने गरी ऊर्जा सहकार्यमा उनले जोड दिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

हालैको आन्दोलन क्रममा बंगलादेशमा रहेका नेपाली खासगरी विद्यार्थीको सुरक्षामा पाएको सहयोगप्रति पनि राजदूत भण्डारीले प्राध्यापक युनुससँग कृतज्ञता व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ आश्विन २, १३: ३७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन २, १३: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ आश्विन २, १३: ३७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...