
काठमाडौं। सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठगी प्रकरणमा समितिले कारबाहीको सिफारिस गरेकोमा त्यसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ? भनी प्रश्न गरेका छन्।
मंगलबार नेपालबाट प्रशारण भइरहेको एक टेलिभिजन टक सोमा समिति सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसहितका नेताहरूलाई समितिको प्रतिवेदनको कुन हरफमा क्लिन चिट लेखिएको छ? भन्दै प्रश्न गरेका हुन्।
गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदनमा कारबाहीको सिफारिस गरेको थियो।
सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दोष प्रमाणित भएको दाबी गर्दै भ्रम फैइलारहेका छन् ।
‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने?’ उनले प्रश्न गरे, ‘क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ । सफाइ हुन्छ ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो ? कुन विश्वविद्यालयमा हो?’
थापाले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभी लगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको बताएका छन्।
उनले गोरखा मिडिया निटवर्कले खर्च गरेकोमध्ये ६५ करोडभन्दा बढी रकम सहकारीहरूबाट त्यहाँ प्रवाह भएको बताए। ‘त्यो ६५ करोडबाहेक गोरखा मिडिया नेटवर्कले एक वर्षमा कमाएको १० करोड गएको छ। अरू कहीँको फुटेको कौडी गएको छैन। सबै सहकारीको पैसा गएको छ,’ उनले भने।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...