खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

संखुवासभा। जिल्लाको मकालु गाउँपालिका– ३ स्थित खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु– ३ सम्माटारमा प्रदेश १ –०२००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका– ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ, सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारको भिरबाट तीन सय मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन २, १५: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ आश्विन २, १५: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८१ आश्विन २, १५: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...