
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्।
बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७औं गणेशमान सिंह स्मृति दिवसमा मन्त्री पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए।
उनले अबको २० वर्षभित्र नेपालमा ५० वर्षमाथिको जनसङ्ख्या बढी हुने दाबी गरे।
‘हाल को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ। उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो अलि बढी छ। तर निरोधात्मक पद्धतिमा केही काम भएको छ आजसम्म?’, मन्त्री पौडेलको प्रश्न थियो, ‘ यस्तै हो भने २० वर्षभित्र नेपालमा सबैभन्दा बढी ५० वर्ष भन्दा माथिको जनसङ्ख्या एक्टिभ हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन। अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन। त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ।’
उनले खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए। उनले भने, ‘खाद्य स्वास्थ्यको मुख्य विषय हो। तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन्। क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ? कति खाइरहेका छौँ? थोरै खानु र धेरै खानु दुवै समस्या हो।’
मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...