संसदीय सुनुवाई समितिबाट राजदूतमा प्रस्तावित १६ जनाको नाम अनुमोदन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper
विवादस्पद ४ को नाम बहुमतबाट अनुमोदन हुँदा भट्टराईको सिफारिस अश्वीकृत

संसदीय सुनुवाई समितिबाट राजदूतमा प्रस्तावित १६ जनाको नाम अनुमोदन

काठमाडौं। संसदीय सुनुवाइ समितिले १७ देशका लागि सरकारले नेपाली राजदूतमा सिफारिस भएकामध्ये १६ जनाको मात्र नाम अनुमोदन गरेको छ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहीबार बसेको बैठकले सरकारले श्रीलंकाका लागि राजदूतमा सिफारिस गरेको रामकृष्ण भट्टराईवाहेक १६ जनाको नाम अनुमोदन गरेको हो।

उनको स्नातक उतिर्ण शैक्षिक योग्यताको प्रमाण पत्र फेला नपरेपछि अनुमोदन नभएको समितिले जनाएको छ। भट्टराईको कागजात आएपछि सुनुवाइ गर्ने समितिले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जनता समाजबादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए।

सांसद अर्यालले डा.धनप्रसाद पण्डित, प्राडा कपिलमान श्रेष्ठ र डा. नेत्रप्रसाद तिम्सिनामाथि फरक मत राखेका थिए भने अधिकारीले डा.शंकर शर्मा, डा.पण्डित, प्राडा श्रेष्ठ र डा.तिम्सिनामाथि फरक मत राखे। समितिले फरक मतसहित अनुमोदन गरेको हो।

राजदूतमा सिफारिस भएका पण्डितमाथि सूचनाको हक उल्लङ्घन गरेकोमा दोषी ठहर भएको, श्रेष्ठमाथि मानवअधिकार आयोगको सदस्य भइसकेकोले आचरण विपरित भएको, तिम्सिनामाथि रेडक्रसको अनियमिततामाथि छानबिन भइरहेको र शर्मामाथि दोहोरिएर एउटै देशमा राजदूतको लागि सिफारिस भएको आरोप छ।

समितिको निर्णयअनुसार साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेतीको नाम सर्वसम्मतले अनुमोदन भएको छ।

यस्तै, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहेम्फेको नाम सर्वसम्मतले अनुमोदन भएको छ।

स्पेनका लागि डा.सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम पनि सर्वसम्मतले अनुमोदन भएको छ।

भारतका लागि डा.शर्मा, इजरायलका लागि डा.पण्डित, मलेसियाका लागि डा.तिमल्सिना र दक्षिण अफ्रिकाका लागि प्राडा श्रेष्ठको नाम भने बहुमतले अनुमोदन भएको हो।

समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८१ आश्विन ३, १५: ३९

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८१ आश्विन ३, १५: ३९

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०८१ आश्विन ३, १५: ३९

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...