
काठमाडौं। संसदीय सुनुवाइ समितिले १७ देशका लागि सरकारले नेपाली राजदूतमा सिफारिस भएकामध्ये १६ जनाको मात्र नाम अनुमोदन गरेको छ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहीबार बसेको बैठकले सरकारले श्रीलंकाका लागि राजदूतमा सिफारिस गरेको रामकृष्ण भट्टराईवाहेक १६ जनाको नाम अनुमोदन गरेको हो।
उनको स्नातक उतिर्ण शैक्षिक योग्यताको प्रमाण पत्र फेला नपरेपछि अनुमोदन नभएको समितिले जनाएको छ। भट्टराईको कागजात आएपछि सुनुवाइ गर्ने समितिले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जनता समाजबादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए।
सांसद अर्यालले डा.धनप्रसाद पण्डित, प्राडा कपिलमान श्रेष्ठ र डा. नेत्रप्रसाद तिम्सिनामाथि फरक मत राखेका थिए भने अधिकारीले डा.शंकर शर्मा, डा.पण्डित, प्राडा श्रेष्ठ र डा.तिम्सिनामाथि फरक मत राखे। समितिले फरक मतसहित अनुमोदन गरेको हो।
राजदूतमा सिफारिस भएका पण्डितमाथि सूचनाको हक उल्लङ्घन गरेकोमा दोषी ठहर भएको, श्रेष्ठमाथि मानवअधिकार आयोगको सदस्य भइसकेकोले आचरण विपरित भएको, तिम्सिनामाथि रेडक्रसको अनियमिततामाथि छानबिन भइरहेको र शर्मामाथि दोहोरिएर एउटै देशमा राजदूतको लागि सिफारिस भएको आरोप छ।
समितिको निर्णयअनुसार साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल, चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेतीको नाम सर्वसम्मतले अनुमोदन भएको छ।
यस्तै, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहेम्फेको नाम सर्वसम्मतले अनुमोदन भएको छ।
स्पेनका लागि डा.सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम पनि सर्वसम्मतले अनुमोदन भएको छ।
भारतका लागि डा.शर्मा, इजरायलका लागि डा.पण्डित, मलेसियाका लागि डा.तिमल्सिना र दक्षिण अफ्रिकाका लागि प्राडा श्रेष्ठको नाम भने बहुमतले अनुमोदन भएको हो।
समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...