पत्रकार महांसघका काबा अध्यक्ष विष्टको राजीनामाः महासंघमा भद्रगोल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
‘साढे चार सय गैरपत्रकारलाई सदस्यता दिन दलका भ्रातृ संस्थाबाट धम्की आयो’

पत्रकार महांसघका काबा अध्यक्ष विष्टको राजीनामाः महासंघमा भद्रगोल

 

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले महासंघमा गैरपत्रकारलाई सदस्यता दिन दबाब आएको भन्दै राजीनामा दिएका छन्।

विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि राजीनामा दिएको समेत जिकिर गरेका छन्।

काबा अध्यक्ष विष्टले विधानबमोजिम महासघको सदस्यता फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिलाई सदस्यता दिन राजनीतिक दलका भ्रातृ संस्थाबाट दबाब आएको आरोप लगाएका छन्।

उनले साढे चार सय व्यक्तिलाई सदस्यता थप्ने विषयमा महासंघका जिल्ला अध्यक्षहरुले प्रश्न उठाउने र त्यस्ता भ्रातृ संगठनले उत्तर दिन र जिम्मेवारी लिन नसक्दा असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको दाबी गरेका छन्।

क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय भएको र भ्रातृ संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्ने उनको भनाई थियो।

विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझम्टीमा कतै संलग्न नभएपनि यही असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं राजीनामा दिएको उल्लेख गरेका छन्।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरी निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो।

महासंघमा विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ आश्विन ४, १६: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन ४, १६: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ आश्विन ४, १६: ३०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...