दुर्गा प्रसाईंको रिहाको माग गर्दै मुखमा कालो टेप लगाएर माईतिघरमा प्रदर्शन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

दुर्गा प्रसाईंको रिहाको माग गर्दै मुखमा कालो टेप लगाएर माईतिघरमा प्रदर्शन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै आज मंगलबार पनि प्रदर्शन भएको छ।

प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन्।

लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे।

प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए। गत असोज २ मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

यता, सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ आश्विन ८, १६: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ आश्विन ८, १६: ५७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ आश्विन ८, १६: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...