रबीले ठगी प्रकरणका अनुसन्धानलाई प्रभावित पार्ने काम गरेः एमाले महासचिव पोखरेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रबीले ठगी प्रकरणका अनुसन्धानलाई प्रभावित पार्ने काम गरेः एमाले महासचिव पोखरेल

धनगढी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रबी लामिछानेले सहकारी ठगीसम्वन्धी प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्।

आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी प्रकरणको अनुसन्धानमा लामिछानेले गलत प्रचार गरेको र अनुसन्धान प्रभावित पार्ने काम गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन्। यो कानुनी राज्यमाथिको उपहास हो। कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ। अनुसन्धानको विषयबाट भाग्ने कुरा उचित होइन। ’

गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको उनले बताएका छन्।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले बताएका छन् ।

सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढेको उनले बताए।

उनले भने, ‘अभियोग गम्भीर हो। सहकारीले कम्पनीमा लगानी गर्न नहुने कानुन छ। सहकारीबाट कम्पनीमा रकम ल्याएर टेलिभिजन सञ्चालन गरिएको छ। सहकारीको रकम दुरुपयोग भएको छ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारीको रकम हिनामिनाका लागि टेलिभिजन सञ्चालन गरिएको आरोप समेत लगाएका छन्। सहकारी प्रकरणमा लामिछानेलाई क्लिन चिट नदिइएको उनको तर्क थियो।

उनले सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको बताएका छन्। संसदीय छानबिन विशेष समितिले कानुनअनुसार कारबाही गर्न भनेको उनले बताए।

 

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ आश्विन ९, १६: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ आश्विन ९, १६: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ आश्विन ९, १६: ०९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...