नेपाल र भारतबीच १७ अर्बमा चारआली र लोथरसम्म पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गर्ने सम्झौता – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नेपाल र भारतबीच १७ अर्बमा चारआली र लोथरसम्म पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गर्ने सम्झौता

 

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार आयोजित एक समारोहबीच नेपालमा १७ अर्ब लागतको अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने सम्झौतामा सम्झौता भएको छ।

यस सम्बन्धमा बिहिबार नेपाल आयल निगम (एनओसी) र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच ‘बिटुबी’ सम्झौता भएको हो।

दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र आइओसीका पाइपलाइन निर्देशक सिम्थल कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तीन वटा परियोजना आइओसीले अनुदानमा बनाइदिने भएको छ। जसअनुसार अमेलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाईपलाइन विस्तार र ९१ हजार ९ सय किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण स्थल निर्माण गर्ने वारेमा सम्झौता भएको निगमले जनाएको छ।

निगमका अनुसार भारतको पश्चिम बंगला राज्यस्थित सिलीगुरीबाट झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाईपलाईन र १८ हजार ९ सय किलोलिटर क्षमताको भण्डारणस्थल (स्मार्ट ग्रिनफिल्ड) निर्माण हुने भएको छ।

 

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ आश्विन १७, १९: ०२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ आश्विन १७, १९: ०२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८१ आश्विन १७, १९: ०२

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...