अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पको अग्रता कायमै – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पको अग्रता कायमै

काठमाडौं : अमेरिकी राष्ट्रपति चयनका लागि मतगणना जारी छ । अधिकांश स्विङ स्टेटमा डोनाल्ड ट्रम्प अगाडि छन् ।

ट्रम्पले उत्तरी क्यारोलिना जितेका छन् भने जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जित नजिक छन् । यी ती राज्यहरू हुन् जहाँ अधिकांश मतगणना सकिएको छ ।

योसँगै एरिजोना र विस्कन्सिन राज्यमा ट्रम्प आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसभन्दा अलि अगाडि छन् । यी दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।

यसैबीच मिशिगनमा कमला ह्यारिस ट्रम्पभन्दा अगाडि छन् । यहाँ अहिलेसम्म ३२ प्रतिशत मात्र मतगणना सकिएको छ । यीमध्ये कुनै पनि राज्यको अन्तिम नतिजा अझै सार्वजनिक भएको छैन ।

अमेरिकामा केही राज्यहरू रिपब्लिकन पार्टीको गढ मानिन्छन् भने केहीलाई डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । तर केही राज्यहरू छन् जहाँ जित वा हार भविष्यवाणी गर्न गाह्रो छ । यी स्विङ राज्य भनिन्छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २१, ११: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ कार्तिक २१, ११: ४३

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ कार्तिक २१, ११: ४३

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...