
नयाँ दिल्ली। भारतको राजधानी नयाँदिल्लीमा प्रदूषण अत्यधिक बढेपछि कृत्रिम वर्षा गराउन लागिएको छ।
दिल्ली सरकारले प्रदूषणसँग जुध्नका लागि कृत्रिम वर्षा गराउने प्रयास गरिरहेको दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले बताए। उनले भने, ‘राजधानीमा लगातार बिग्रँदै गएको हावाको गुणस्तरका कारण श्वासप्रश्वासका बिरामी बढेका छन्।’
जाडोयाम सुरु हुनेबित्तिकै उत्तरी भारत प्रदूषणको चपेटामा पर्छ। चिसो धुलोले भरिएको हावाको तह, सवारीसाधनबाट निस्कने धुवाँ र पञ्जाब र हरियाणाका खेतमा बाल्ने परालको धुवाँले गर्दा सहर प्रदूषित वायुमण्डलले ढाकिन्छ। जसका कारण दिल्ली र वरपरको क्षेत्र विषाक्त कुहिरोमा डुब्न पुग्छ।
मंगलबार दिल्लीका ३९ वायु प्रदूषण मापक केन्द्रमध्ये एक तिहाइले ४०० भन्दा बढी एक्यूआई रेकर्ड गरिएको छ। वायु प्रदूषणको यो तह स्वस्थ व्यक्तिका लागि हानिकारक मानिन्छ। बिरामीका लागि अझै खतरनाक हुन्छ।
कृत्रिम वर्षालाई ‘क्लाउड सिडिङ’ भनिन्छ। यसका लागि नुनजस्तो सिल्भर आयोडाइड र क्लोराइड जस्ता लवण बादलमा छर्किइन्छन्। सामान्यतया यो छर्कने विशेष मेसिनबाट हावामा पठाइन्छ।
यसरी छर्किइएका नुनका सूक्ष्म कणहरूले ‘आइस–न्युक्लिटङ’ कणहरू जस्तै काम गर्छन्। जसका कारण बरफको क्रिस्टल बादलमा परिणत हुन थाल्छ। यसपछि बादलमा रहेको आर्द्रताले बरफको क्रिस्टललाई घेर्छ र तिनीहरूलाई गाढा बनाउँछ र वर्षामा परिणत गर्छ।
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...
काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...