
डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन्।
गृह जिल्ला डडेल्धुरा पुगेका पूर्वप्रधानमन्त्री देउवाले विहीबार कार्यकर्ताहरुसँग भने ‘भारतले पश्चिम सेती बनाउन लागेको छ यो योजना बने राम्रो हुन्छ।
‘पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो। करिब करिब बन्ने भइसकेको छ। पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ’ उनले भने।
बुधबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुगेका देउवाले ग्रामिण क्षेत्रमा सडकहरू भएपछि निकै सहज भएको बताएका थिए।
देउवाले भने, ‘प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ। धेरैलाई चिन्थेँ। अहिले त गाउँमा कोही रहेनन्। त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो। खानेपानीको साह्रै समस्या थियो। ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ। सञ्चार जगतको विकास भएको छ। अझै सडक चौडा पारेर कालोपत्रे गर्छु।’
यस्तै देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए। यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...