वियोगान्त चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले २ सातामै कमायो २७ करोड – Naya Bikalpa
June 13, 2025, Friday      Epaper
सबैभन्दा धेरै कमाउने चलचित्र

वियोगान्त चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले २ सातामै कमायो २७ करोड

काठमाडौं। कलाकार विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले दुई सातामै करिव २७ करोडको आम्दानी गरेको छ।

यो वर्षको लक्ष्मीपूजालाई लक्षित गर्दै गत कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र समेत बनेको छ।

निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म आइपुग्दा २७ करोड रुपैयाँ सङ्कलन गरेको जानकारी दिए।

निर्माता पौडेलले चलचित्रले मङ्गलवारसम्म २५ करोड तीन लाख र बुधवार दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको बताए।

नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा निस्किएको छ। निर्माता पौडेलले आजदेखि पूर्वबाट शुरू हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए।

‘पूर्णबहादुरको सारङ्गी’ ले एकैदिन तीन करोड ८९ लाख रुपैयाँको व्यापार गर्दै एक दिनमा सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी शो पाएको कीर्तिमानसमेत बनाएको छ।

यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले २३ करोड ५० लाख रुपैयाँ कमाएको थियो। वियोगान्त कथानक चलचित्र भएको भनी टिप्पणी गरिएको यो चलचित्रमा गन्दर्भ समूदाय, समाज र राजनीतिका साथै पारिवारिक जिम्मेवारीको बोझलाई यथार्थ ढंगले प्रस्तुत गरिएको छ।

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८१ कार्तिक २९, १७: ५१

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ कार्तिक २९, १७: ५१

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ कार्तिक २९, १७: ५१

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...