जनकपुरका निजी विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

जनकपुरका निजी विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द

जनकपुरधाम। निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलिदेखि बन्द गर्ने निर्णय गरेका छन्।

निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेका हुन्।

कक्षा ११ र कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुको हकमा जनकपुरधाम उपमहानगर र नेपाल विद्यार्थी संघबीच भएको सम्झौता सच्याउन आग्रह गरिए पनि बेवास्ता गरेको भन्दै भोलिदेखि संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरले आफूहरूको माग कार्यान्वयन नगरेसम्म विद्यालयहरू अनिश्चितकालका लागि बन्द रहने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ ‘जनकपुरधाम नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति’को भदौ पाँच गतेको निर्णयअनुसार छात्रवृत्तिमा छनोट विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा अध्ययनका लागि मिति भदौ १४ गते हिसान धनुषाआबद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकोमा कात्तिक १४ गते फरक निर्णय भई आएको हुँदा यसलाई सच्याउन उपमहानगरलाई पत्रमार्फत आग्रह गर्दा समेत केही पहल नगरेकाले सम्पूर्ण निजी विद्यालयहरू मंसिर ३ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका छौँ।’

केही दिन अघि हिसान, प्याब्सन तथा एनप्याबसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय भर्ना शुल्क निर्धारणसम्बन्धी गरेको निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन चेतावनी दिएका थिए।

उनीहरूले छात्रवृत्ति वितरणमा जनकपुरधाम उपमहानगरपालिकाले मनोमानी गर्दै आएको आरोप समेत लगाउँदै छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपककुमार ठाकुरले बताए।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १६: ०२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ मंसिर २, १६: ०२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १६: ०२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...