कीर्तिपुरको मेयरमा उम्मेदवार प्राडा महर्जनलाई नेकपा एस र जसपाले सघाउने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
तालमेल नगर्ने माओबादीको निर्णय एक महिनामै तुहियो

कीर्तिपुरको मेयरमा उम्मेदवार प्राडा महर्जनलाई नेकपा एस र जसपाले सघाउने

काठमाडौं। कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने भनी घोषणा गरेको नेकपा माओवादी केन्द्रले दुइवटा दलसँग आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्ने भएको छ।

जसअनुसार माओवादीले कीर्तिपुरमा उठाएका मेयरका उम्मेदवारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीसँग तालमेल गरेको हो।

कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन्।

नेकपा एकीकृत समाजवादी र जसपासँग तालमेल गरेको माओवादीले महर्जनलाई उम्मेदवार बनाएको हो।

शनिवार माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयरमा माओवादी र काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा नेकपा एसलाई उठाउने सहमति गरेपछि सो स्थानमा महर्जन तालमेलका उम्मेदवार भएका हुन्।

सो द्विपक्षीय सहमतिअनुसार अब कीर्तिपुरको मेयरमा माओवादीका महर्जनलाई नेकपा एसले सघाउनेछ भने नेकपा एसले काठमाडौं– १६ मा उठाएका वडाध्यक्ष उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ।

कीर्तिपुरको वडा नम्वर–१को वडाध्यक्षमा भने माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ, जसका कारण माओवादीका अष्टमान महर्जन उम्मेदवारी दिएनन्।

उनले पार्टीको तालमेल नीति स्विकार भएको भन्दै जसपा उम्मेदवारलाइ सघाउने भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १६: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ मंसिर २, १६: २५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ मंसिर २, १६: २५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...