एनपीएलमा सुदूरपश्चिमको पहिलो हार, चितवनको दोस्रो जित – Naya Bikalpa
January 24, 2025, Friday

एनपीएलमा सुदूरपश्चिमको पहिलो हार, चितवनको दोस्रो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो ।

चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । सेफ जैबले १८ रन बनाए भने ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए । आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए ।

चितवनका लागि कप्तान कुशल मल्ल, रिजन ढकाल, लफ्टी इटन र अमरसिंह राउटेलाले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो ।

चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।

रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा सहयोगमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ मंसिर २३, १६: ३६

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ मंसिर २३, १६: ३६

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ मंसिर २३, १६: ३६

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...