
काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् ।
अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा-बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए ।
यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् ।
ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूद्याई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहो¥याएका छन् । उनले नाटोबाट बाहिर निक्लने बारे गम्भीरतापूर्वक विचार गर्ने बताएका छन् ।
उनले आफ्नो कार्यकालको पहिलो दिन नै सन् २०२१ को यूएस क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूलाई माफी दिने बताएका छन् । शुक्रबार, ट्रम्पले आफ्नो कार्यकालमा आप्रवासन, ऊर्जा, र अर्थतन्त्रमा सुधारका लागि केही आदेश जारी गर्ने घोषणा गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...