नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया

काठमाडौं : ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आज दोस्रो दिन विभिन्न वृतचित्र, चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया भइरहेको छ ।

महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित भइरहेको महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र सहभागी छ ।

महोत्सव निर्देशक खत्रीले विश्व प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा सहभागी भएको पुरस्कृत चलचित्र ‘अल वी इमाजिन एज लाइट’ प्रदर्शन गरिनुका साथै ’एड्रेसिङ जेन्डर राइट्स : फिल्म्स एस अ टुल्स अफ एड्भोकेसी’का विषयमा अन्तरक्रिया हुने जानकारी दिए ।

“दोस्रो दिन उत्साहाजन रुपमा चलचित्रकर्मीसँगै आम दर्शकको सहभागिता रहेको छ, हामीले मानव अधिकारका विषयमा निर्माण भएका चलचित्र, वृतचित्र लगायत प्रदर्शन गरिरहेका छौँ, यसले आम मानिस सन्देश प्रवाह गर्छ भन्ने विश्वास लिएका छौँ”, महोत्सव निर्देशक खत्रीले भने ।

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव यही मङ्सिर २७ गतेसम्म चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ मंसिर २५, १२: ५३

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ मंसिर २५, १२: ५३

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ मंसिर २५, १२: ५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...