छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन विश्वस्त – Naya Bikalpa
January 24, 2025, Friday

छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन विश्वस्त

एजेन्सी : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ ।”

गत वर्ष हमास र इजरायलबीच युद्धविरामका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको स्मरण गर्दै ब्लिन्केनले भने, “बाइडेन प्रशासनले आफ्नो कार्यकालको अन्त्यसम्म युद्धविराम र बन्दी मुक्त गर्ने काम हरेक दिन हरेक मिनेट गरिनेछ ।”

“हामी आगामी दुई हप्तामा युद्धविराम सम्झौतालाई निष्कर्षमा ल्याउन चाहन्छौं,” विदेशमन्त्री ब्लिन्केनले सियोल भ्रमणका क्रममा सञ्चारकर्मीसँग भने, “यदि हामीले आगामी दुई हप्तामा फिनिसिङ लाइन पार गर्न सकेनौं भने पनि मलाई विश्वास छ यो कुनै बिन्दुमा छिट्टै पूरा हुनेछ। सम्झौता राष्ट्रपति बाइडनले अघि सारेको योजनाको आधारमा हुनेछ र लगभग सम्पूर्ण विश्वले समर्थन गर्नेछ ।”

जनवरी २० मा कार्यभार सम्हाल्ने तयारीमा रहेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई अझ बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा समातिएका बन्धकहरूलाई मुक्त नगरे हमासले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् ।

हमासका एक अधिकारीले आइतबार इजरायलसँगको सम्भावित सम्झौताको ‘पहिलो चरण’मा ३४ जना बन्धकलाई मुक्त गर्न समूह तयार रहेको बताएका छन् ।

ब्लिन्केनले सम्झौतामा पुग्न हमासले आफ्नो तर्फबाट ‘तीव्र चाहना’ गरेको तर त्यो अझै पूरा नभएको बताएका छन् ।

ब्लिन्केनले भने, “हामीलाई सम्झौतालाई पूरा गर्न र बन्धकहरूको लागि परिस्थितिलाई मौलिक रूपमा परिवर्तन गर्न, उनीहरूलाई मुक्त गर्न, गाजाबासीलाई राहत दिन र समग्र क्षेत्रका लागि राहत महसुस हुने काम गर्न अगाडि बढ्नका लागि अन्तिम निर्णयहरू गर्न आवश्यक छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको भीषण आक्रमण र बदलामा इजरायलले गाजामा चलाएको हमासविराधी कारबाहीसँगै ब्लिन्केनले मध्यपूर्वको १२ पटक भ्रमण गरिसकेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ पुष २२, १३: ५९

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ पुष २२, १३: ५९

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ पुष २२, १३: ५९

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...