अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

एजेन्सी : अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ । लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता छन् ।

आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै प्यालिसेड्समा आगलागीबाट २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ । क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन् ।

तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ पुष २९, १२: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ पुष २९, १२: ५२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ पुष २९, १२: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...