एजेन्सी : गाजामा लामो समयदेखि प्रतीक्षा गरिएको युद्धविराम तीन घण्टा ढिलो गरी सुरु भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम सुरु भएको हो ।
हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि गाजामा युद्धविराम सुरु भएको हो । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।
गाजा युद्धविराम स्थानीय समयानुसार बिहान ८ बजेर ३० मिनेटमा कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची सार्वजनिक गर्न ढिला गरेको भन्दै इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समयानुसार ११ बजेर १५ मिनेटदेखि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।
उनीहरूलाई केही साताभित्र रिहाइ गरिनेछ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरिने हमासले जनाएको छ ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...