अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको छ: ट्रम्प – Naya Bikalpa
February 6, 2025, Thursday

अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको छ: ट्रम्प

वासिङटन डीसी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताउनुभएको हो ।

ट्रम्पले अमेरिकाले गाजाको ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गरेर त्यहाँको आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ । यसले गाजाका मानिसहरूलाई रोजगारी र बसोवासका लागि घर प्रदान गर्ने उहाँको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि बताउनुभएको छ । उहाँले गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजाभन्दा बाहिर स्थायी रूपमा बसोपास गर्न सुझाव पनि दिनुभएको छ ।

यसैबीच नेतान्याहूले ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउन पहल गरिरहनुभएको भन्दै खुशी व्यक्त गर्नुभएको हो ।भविष्यमा गाजा इजरायलका लागि कहिल्यै खतरा नबनोस् भन्ने आफ्नो चाहना रहेको नेतान्याहूको भनाइ छ ।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ २३, १५: ५१

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ २३, १५: ५१

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...

कर्तव्य ज्यानमुद्दाका आरोपीलाई सफाइ दिएपछि रौतहटका न्यायाधीशविरूद्ध पीडित परिवारै धर्नामा
कर्तव्य ज्यानमुद्दाका आरोपीलाई सफाइ दिएपछि रौतहटका न्यायाधीशविरूद्ध पीडित परिवारै धर्नामा
  • २०८१ माघ २३, १५: ५१

रौतहट । न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्। कर्तव्य ज्यान मुद्दाका...