अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको छ: ट्रम्प – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको छ: ट्रम्प

वासिङटन डीसी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताउनुभएको हो ।

ट्रम्पले अमेरिकाले गाजाको ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गरेर त्यहाँको आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ । यसले गाजाका मानिसहरूलाई रोजगारी र बसोवासका लागि घर प्रदान गर्ने उहाँको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि बताउनुभएको छ । उहाँले गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजाभन्दा बाहिर स्थायी रूपमा बसोपास गर्न सुझाव पनि दिनुभएको छ ।

यसैबीच नेतान्याहूले ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउन पहल गरिरहनुभएको भन्दै खुशी व्यक्त गर्नुभएको हो ।भविष्यमा गाजा इजरायलका लागि कहिल्यै खतरा नबनोस् भन्ने आफ्नो चाहना रहेको नेतान्याहूको भनाइ छ ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८१ माघ २३, १५: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८१ माघ २३, १५: ५१

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८१ माघ २३, १५: ५१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...