काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.४५ अंकले घटेर दुई हजार ७११ बिन्दुमा बजार बन्द भएको छ ।
आज कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम सामान्य बढेको हो । यसदिन ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...
काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी...