सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारी साधनका लागि ऋण–मूल्य (Loan-to-Value) अनुपात ८० प्रतिशत कायम गरेको हो । नयाँ व्यवस्थाअनुसार खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम भने आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।

यसअघि सार्वजनिक तथा व्यक्तिगत प्रयोजनका विद्युतीय सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म मात्रै कर्जा उपलब्ध हुने व्यवस्था थियो । संशोधित व्यवस्थाले सार्वजनिक विद्युतीय यातायातलाई विशेष प्राथमिकता दिएको छ । यद्यपि व्यक्तिगत प्रयोजनका विद्युतीय सवारी साधनमा भने पुरानै ६० प्रतिशत कर्जाको सीमा यथावत् राखिएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई पनि राहत दिने व्यवस्था गरेको छ । आन्दोलनका क्रममा क्षति पुगेका व्यावसायिक सवारी तथा ढुवानीका साधन प्रतिस्थापन गर्नुपर्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाले त्यस्ता सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकको यस निर्णयले सार्वजनिक विद्युतीय यातायातमा लगानी विस्तार गर्न, वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गर्न तथा आन्दोलनबाट प्रभावित व्यवसायीलाई सवारी साधन पुनः खरिद गर्न वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ असार ३२, १२: १०

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ असार ३२, १२: १०

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ असार ३२, १२: १०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...