अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

अण्डाको माग बढेसँगै समर्थन मूल्य वृद्धि, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ

चितवन । अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घका अनुसार एक्सएल अण्डाको प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ । सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ तोकिएको छ ।

व्यवसायीका अनुसार पछिल्लो समय बजारमा अण्डाको माग बढेसँगै मूल्य वृद्धि गरिएको हो । अण्डा उत्पादनको लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भएकाले एक क्रेटको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्ने सङ्घले जनाएको छ ।

बर्डफ्लुको सङ्क्रमणका कारण विगतमा किसानले ठूलो क्षति व्यहोर्नुपरेको थियो । उत्पादन लागतअनुसार मूल्य नपाउँदा पछिल्ला केही वर्षमा धेरै किसान कुखुरापालन व्यवसायबाट पलायन हुन थालेका छन् ।

उत्पादन घट्नु, कुखुरामा विभिन्न रोगको सङ्क्रमण देखिनु तथा बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा मर्नुले बजारमा अण्डाको आपूर्ति घटेको व्यवसायीको भनाइ छ । यसका कारण पछिल्लो समय मागको तुलनामा उत्पादन कम हुँदा अण्डाको मूल्य बढेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि ठूलो सङ्ख्यामा कुखुरा मरेकाले उत्पादन घटेको छ । उत्पादन घटेपछि बजारमा अण्डाको माग र मूल्य दुवै बढेको उनले बताए ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, २६४१ विन्दुमा झर्यो
नेप्सेमा दोहोरो अंकको गिरावट, २६४१ विन्दुमा झर्यो
  • २०८३ श्रावण २६, ०८: २७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ९.०४ अंकले घटेर २६४१.०५...

सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८३ श्रावण २६, ०८: २७

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य, विश्वास र साझेदारी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
  • २०८३ श्रावण २६, ०८: २७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...