मधेसमा विद्युत् प्रसारण र सबस्टेसन निर्माण तीव्र, औद्योगिक क्षेत्रको आपूर्ति सुधार्ने लक्ष्य – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

मधेसमा विद्युत् प्रसारण र सबस्टेसन निर्माण तीव्र, औद्योगिक क्षेत्रको आपूर्ति सुधार्ने लक्ष्य

काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र (सबस्टेसन) निर्माणलाई तीव्रता दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन परीक्षणका रूपमा चार्ज भइसकेको छ। करिब २४ किलोमिटर लामो उक्त प्रसारण लाइन र बालगंगा विद्युत् केन्द्रलाई दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यसबाट धनुषाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

सिरहा र सप्तरीमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न लहान–सुखीपुर र रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माण अघि बढाइएको छ। यी आयोजनाले ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्ने अपेक्षा गरिएको छ।

रौतहटमा चन्द्रपुर–सरुअठा १३२ केभी प्रसारण लाइन निर्माणको काम पनि अघि बढिरहेको छ। करिब ३७ किलोमिटर लामो उक्त प्रसारण लाइन सञ्चालनमा आएपछि गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने बताइएको छ।

त्यस्तै, बारा–पर्सा औद्योगिक करिडोरलाई लक्षित गरी हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण आयोजना अघि बढाइएको छ। आयोजनाअन्तर्गत परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर लामो चार सर्किट प्रसारण लाइन निर्माणसँगै पोखरियामा नयाँ विद्युत् केन्द्र स्थापना गरिनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यी आयोजना सञ्चालनमा आएपछि मधेस प्रदेशको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बन्नेछ। साथै उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताको बढ्दो विद्युत् माग व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २७, १४: ३४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०८३ श्रावण २७, १४: ३४

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २७, १४: ३४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...