‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री वाग्ले – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

‘नेपालकै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देश विकास गर्ने लक्ष्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन् ।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर दैनिक तथा अत्यावश्यक खर्च धान्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले करको दायरा फराकिलो बनाएको बताए ।

उनका अनुसार थोरै–थोरै योगदानबाट राज्यको आम्दानी बढाउँदै आफ्नै स्रोतबाट देश विकास गर्ने नीति सरकारले लिएको छ । जनताको विकासप्रतिको अपेक्षा र मुलुकको आर्थिक सामथ्र्यबीच ठूलो अन्तर रहेको तथा दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगिँदै गएकाले नेपाल आफैँ आर्थिक रूपमा सबल बन्नुपर्ने उनको भनाइ छ ।

‘विगतदेखि नै हामीले देखिरहेका छौँ, ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ । नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ । सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ,’ उनले भने, ‘अहिले हामीले करको दर फराकिलो बनाएका छौँ र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएका छौँ ।’

अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै पक्ष माथि उठ्नुपर्ने बताए ।

करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्दै उठ्ने गुनासोलाई सम्बोधन गर्दै उनले सरकारले सर्वसाधारणलाई अन्तिम कर दायित्वबाट जोगाउने विषयमा स्पष्ट रहेको बताए ।

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको पनि उनले स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माण गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २८, १६: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०८३ श्रावण २८, १६: ४१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २८, १६: ४१

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...