नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता – Naya Bikalpa
August 19, 2026, Wednesday      Epaper

नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदै छ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोमा पाँच दिनमै एक लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्।

आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका थिए। नाइमा ६ दिनमा करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षासहित एक्स्पो आयोजना गरेको थियो।

आयोजकका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।

अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उत्साहजनक सहभागिताले आफूहरू उत्साहित भएको बताए।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहकलाई आकर्षित गरिरहेका छन्। हालसम्म मेलामा विभिन्न ब्रान्डका ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्।

अवलोकनकर्ताले विशेषगरी सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुजस्ता विषयमा चासो देखाइरहेका छन्। ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न छुट तथा सुविधासमेत उपलब्ध गराएका छन्।

छैटौँ तथा अन्तिम दिन आज पनि एक्स्पोमा उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

सम्बन्धित समाचार

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
  • २०८३ श्रावण ३१, १२: १३

काठमाडौं : सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन...

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र
अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र
  • २०८३ श्रावण ३१, १२: १३

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष...

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८३ श्रावण ३१, १२: १३

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३...