नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर खरिद–बिक्री भएका छन् । दिनभर भएको कारोबारको कुल रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँ पुगेको छ ।

आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै क्षेत्रका शेयरमूल्य बढेका छन् ।

कारोबार भएका कम्पनीमध्ये सबैभन्दा बढी माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७.१५ प्रतिशतले बढेको छ । यस्तै, एमबीएल इक्विटी फन्डको शेयरमूल्य ५.८८ प्रतिशतले बढेको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावरको सबैभन्दा धेरै १३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र १६, १७: ११

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०८३ भाद्र १६, १७: ११

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ भाद्र १६, १७: ११

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...