२० रुपैयाँको नोटमा पुरानै गभर्नरको हस्ताक्षर – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

२० रुपैयाँको नोटमा पुरानै गभर्नरको हस्ताक्षर

काठमाडौं । २० रुपैयाँको नयाँ नोट नेपाल राष्ट्र बैंकले बजारमा पठाएको छ। दसैंको बिदा हुनु एक दिनअघि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको हो ।

राष्ट्र बैंकले ञ र ४२०००००१ देखि ठ र १००९९९९९९ सम्म सिरियल नम्बर भएको नोट बजारमा पठाएको हो । राष्ट्र बैंकका अनुसार कुल, ५ करोड ९० लाख थान नोट बजारमा पठाएको छ। यो भनेको एक अर्ब १८ करोड रुपैयाँ बराबर हो ।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्रका साथै दायाँतर्फ लालीगुराँसको पानी छाप हुन्छ । नयाँ नोटमा तत्कालिन गभर्नर डा. चिरञ्जिबी नेपालकै हस्ताक्षर रहेको छ । अघिल्लो वर्ष छापिएको भएकाले पुरानै गभर्नरको हस्ताक्षर हुने भएको हो ।

नोटको पछाडिको भागमा वाह्रसिङ्गेको तस्बीर सहित अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक र रुपिज ट्वान्टी भनेर लेखिएको हुने छ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ कार्तिक ६, ११: ०७

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७७ कार्तिक ६, ११: ०७

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक ६, ११: ०७

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...