आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकूस्थित अम्बे कम्पलेक्समा फाल्गुण २९ गते देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईज्यूले गरे ।
उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालज्यू तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थितीरहेको थियो । उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थितिरहेको थियो ।
शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थपरोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्तर सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाए । उक्त अवसरमा बिमा क्षेत्रको विकासर विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो उपस्थिती जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बिमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरेबम थिए । सोही अवसरमा अध्यक्ष चापागाईज्यूले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि सबैलाई अग्रह गरे ।
सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालज्यूले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । उद्घाटन भएको नयाँ शाखा सहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा अध्यक्ष ढकालज्यूले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेकोर आउंदो दिनमा एक सफलर सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने बताए ।
प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...
काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...