काठमाडौं । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र’ मा डिस होम, मासिक ‘लक्की ड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्की ड्र’ मा ४२ इन्चको एलइडी टिभी जित्न सक्छन् । योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ ।
त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८) गरि ४० दिनसम्म कायम हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्ने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्न पाउन सक्छन् ।
आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...