काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा प्रकाशित आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच अनावरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंह, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त पुस्तक÷भिडियो संयुक्त रुपमा अनावरण गरेका थिए । पुस्तक÷भिडियो अनावरण कार्यक्रममा नेपाल राष्ट्र बैंक, युएनसीडीएफ, संचारकर्मीहरु, सरोकारवाला र आइएमई ग्रुपका बरिष्ठ अधिकृतहरूको उपस्थिती रहेको थियो ।
सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा १८ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोप् ाटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । कुल ४८ पृष्ठ मोटो पुस्तक र ६ मिनेट लामो भिडियोमा आइएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश गरिएको छ ।
अनावरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवी नेपालले आइएमईले तय गरेको सफल व्यावसायीक यात्राको उच्च प्रशंसा गर्दै डिजिटल वित्तीय सेवामा पनि सफलताको कामना गरे । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंद्द न् कृषि बीमाका लागि मौसमसँग सम्बन्धित रही कसरी बीमा सेवा प्रदान गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिए । त्यसैगरी, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना–प्रविधि र टेलिकमको तीब्रत्तर परिवर्तन भइरहेकाले डिजिटल वित्तीय सेवालाई पनि त्यसरी नै विकास गर्न सम्भव भएको बताए ।
यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रीत सिंहले यूएनसीडीएफ विगत तीन दशकदेखि नेपालमा वित्तीय सेवा उपलब्ध गराउन क्रियाशील रहेको जानकारी दिँदै आइएमई डिजिटल वित्तीय सेवाका लागि राजमार्ग भएको उनको भनाई थियो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको केन्द्रीय बैंकले आजभन्दा झण्डै दुई दशक अघि नेपालको नीजि क्षेत्रलाई विश्वासमा लिएर रेमिट्यान्स कारोबार गर्ने सहासिक निर्णय गरेकाले नै आज मुलुकमा झण्डै ८० प्रतिशत रकम औपचारिक संजालबाट ल्याउन सम्भव भएको बताए । डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्न पनि नियमन निकायले त्यस्तै सहासिक निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले राष्ट्र«, व्यवसायीक संस्था र उपभोक्ता सबैलाई हित गर्ने व्यवसाय मात्र दिगो हुने धारणा व्यक्त गरे ।
आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले १८ वर्ष लामो आइएमईको व्यवसायीक यात्रा बर्णन गर्दै आइएमई पे मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्न आइएमई ग्रुप प्रतिवद्ध रहेको जानकारी दिए । आइएमईको व्यवसायीक यात्रा समावेश गरिएको उक्त पुस्तक विभिन्न सरोकारवाला र नियमन निकायमा निशुल्क वितरण गरिनेछ भने भिडियो युएनसीडीएफ र आइएमईका आधिकारिक युट्युब च्यानल सामाजिक संजाल पेजमार्फत शुक्रबार रातीदेखि नै सार्वजनिक गरिएको छ ।
यसैबीच, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदयुमन पोख्ररेलले हस्ताक्षर गरेका थिए ।
बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु छन् । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण, अग्रीम भुक्तानी तथा आजीवन लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्ने भएको बताएको छ ।
त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका थिए । सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी इन्टरनेश्नल हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले ग्राण्डी इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म ९ऋबकज ीभकक ज्यकउष्तबष्शिबतष्यल० सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा ग्राण्डी इन्टरनेश्नल हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग क्ष्न्क्ष् औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट लिन सक्नेछन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...