१३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

१३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो


नयाँ विकल्प,

काठमाडौं – शेयर बजार परिसूचक नेप्से मंगलबार ५२ अङ्कले बढेको छ ।

नेप्से आज ५१ दशमलव ८६ अङ्कले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको चार सय ६ अङ्कले, फाइनान्सको एक सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ ।

पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर आज भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ श्रावण २६, २०: ०६

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २६, २०: ०६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण २६, २०: ०६

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...