नेप्से परिसूचक २४.८८ अंकले घट्दा साढे २१ अर्ब माथिको कारोबार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेप्से परिसूचक २४.८८ अंकले घट्दा साढे २१ अर्ब माथिको कारोबार

नयाँ विकल्प,

काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा मौद्रिक नीतिको प्रभाव परेको छ ।

गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गरेसँगै डराएका लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेपछि एकैदिन अधिकतम साढे २१ अर्ब माथिको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१ सय ५४.०३ बिन्दुमा झर्दा अधिकतम २१ अर्ब ६४ करोड ७६ लाखको सेयर कारोबार भएको छ ।

बजार शुरु भए देखिनै निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक अन्तिमसम्ममा ३१ सय ५४.०३ बिन्दुमा अड्किन सफल भएको हो ।

यस दिन सेयर बजारका अधिकांश समूह तथा उप समूहहरु ऋणात्मक हुँदा तीन कम्पनीको सेयर मूल्यमा सर्किट नै लाग्ने गरी मूल्य बृद्धि भएको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ श्रावण ३१, २१: ५१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ श्रावण ३१, २१: ५१

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ श्रावण ३१, २१: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...