नेपाल आयल निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

नेपाल आयल निगमले गर्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नयाँ विकल्प,

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।


नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजेल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ ।


यस्तै निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ ।

यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ ।

आन्तरिक तर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र ७, २२: ०४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र ७, २२: ०४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र ७, २२: ०४

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...