
नयाँ विकल्प,
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका हुन्।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।
यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ ।
राजीनामा दिँदै साउनले आफ्नो कार्यकालमा नेपालका लगानीकर्ता र नेपालको पुँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताए ।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...