
नयाँ विकल्प,
काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।
भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको हो ।
यो गएको वर्षको साउनको तुलनामा ७५ दशमलव ६६ प्रतिशतले धेरै हो ।
डेढ खर्ब रुपैयाँको आयात भए पनि साउन महिनामा निर्यात भने २० अर्ब ७६ करोड रुपैयाँको मात्रै भएको छ ।
तर गएको वर्षको साउनको तुलनामा निर्यात एक सय १५ प्रतिशतले बढेको छ ।
साउनमा व्यापार घाटा एक खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
यो गएको वर्षको साउन महिनाको भन्दा ७० दशमलव ५९ प्रतिशतले धेरै हो ।
साउन महिनामा नेपालमा ६ अर्ब ७० करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...