सबै समूहको शेयर घट्यो – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सबै समूहको शेयर घट्यो


नयाँ विकल्प,

काठमाडौं – नेप्से आइतवार ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ ।

आज फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ ।

यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १५ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोेड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र १३, २०: ३८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ भाद्र १३, २०: ३८

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र १३, २०: ३८

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...