
नयाँ विकल्प,
काठमाडौं – सरकारले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्य निकायको समन्वयमा विस्तृत कार्ययोजना बनाएर १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।
मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकले हरेक वर्ष चाडपर्वलाई लक्षित गरेर सञ्चालन गर्दै आएको सुपत मुल्य पसल यस वर्ष असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
विगतका वर्षमा झै यस वर्षका प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउन सुपथ मुल्य पसल असोज १ गतेदेखि छठ पर्वपछिको एक हप्तासम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव कृष्णबहादुर रावतले जानकारी दिए ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...