शेयर बजार ओरालो लाग्दा आज पाँच अर्ब १९ करोड रुपैयाँको मात्रै कारोबार – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

शेयर बजार ओरालो लाग्दा आज पाँच अर्ब १९ करोड रुपैयाँको मात्रै कारोबार


नयाँ विकल्प,


काठमाडौं– शेयर बजार मंगलबार अर्थात आज घटेको छ ।

बजार खुलेको केहीबेरमा २० अङ्कले बढेको नेप्से बन्द हुने बेलामा भने १८ दशमलव ५४ अङ्कले घटेर दुई हजार नौ सय २९ दशमलव २८ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, व्यापारसहित सबै समूहको शेयर घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २९, २१: ३५

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ भाद्र २९, २१: ३५

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ भाद्र २९, २१: ३५

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...